शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त


पश्चिम प्रेस
शुक्रबार, चैत १० २०७९
  • 726
    Shares

  • images
    images
    नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन्। 
    गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बने ।


  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरीको प्रमुख
  • प्रतिक्रिया दिनुहोस