शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा विपतमा फसेका पाँच बालबालिकाको उद्धार


पश्चिम प्रेस
बुधबार, साउन ३ २०८०
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा विपतमा फसेका पाँच बालबालिकाको उद्धार

    महेन्द्रनगर । सशस्त्र प्रहरीले विपत् जोखिममा परेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका बालबालिकालाई उद्धार गरेको छ । सीमावर्ती जगबुढा नदीको विपत् जोखिममा परेका दोधाराचाँदनी नगरपालिकाका पाँच बालबालिकालाई उद्धार गरेको हो ।

    बाख्रा चराउन मायापुरी जंगल गएका बालबालिकालाई उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेक्वा शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले मंगलबार बाख्रा चराउन जंगल गएका घर फर्किने क्रममा नदीको बीचभागमा अड्किएका बालबालिकालाई उद्धार गरिएको बताए । सीमा सुरक्षा बल देवीस्थान गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीद्वारा बालबालिकालाई अढाई घन्टामै उद्धार गरिएको थियो । 

    सशस्त्र प्रहरीका एसपी रावलका अनुसार  दोधराचाँदनी नगरपालिका– ३ बडुवाल टोलका १२ वर्षीया खुसी राना, नौ वर्षीया भावना सुनार, सानु दमाईं, ११ वर्षीया रोसनी सुनार, १० वर्षीया मुस्कान दमाईंलाई उद्धार गरिएको छ । उनीहरू सीमावर्ती मायापुरी जंगलमा बाख्रा चलाउन गएका थिए । समयमै सशस्त्र प्रहरीले उनीहरूको उद्धार गरेपछि ज्यान जोगिएको बताएका छन् । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणदेखि विपत् जोखिममा परेका बालबालिकालाई उद्धार गरेपछि स्थानीय अत्यन्तै खुशी भएका छन् । 


  • सम्बन्धित विषय:

  • # उद्धार
  • प्रतिक्रिया दिनुहोस