महेन्द्रनगर । नेपाली सेनाले बैसाख महिनामा देशभर १४७ स्थानमा आगलागी नियन्त्रण गरेको छ । नेपाली सेनाले प्रकाशन गरेको एक विवरणमा देशका बिभिन्न स्थान गरी जम्मा १४७ स्थानमा आगलागी नियन्त्रण गरेको हो ।
सेनाको मध्यपश्चिम पृतनाबाट सबैभन्दा बढी ४८ स्थानमा आगलागी नियन्त्रण गरेको छ । त्यस्तै मध्य पृतनाबाट २४, मध्यपूर्वी पृतनाबाट २१, उत्तरपश्चिम पृतनाबाट १६, उपत्यका पृतनाबाट १५, सुदूरपश्चिम पृतनाबाट ८ र पूर्वी र पश्चिम पृतनाबाट ७—७ स्थानमा गरी जम्मा १४७ स्थानमा आगलागी नियन्ण गरेको हो ।

नेपाली सेनाले आगलागी नियन्त्रण लगायत अन्य विपतहरुमा पनि अग्र पङ्तिमा रहि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
.gif)