महेन्द्रनगर । सुदूरपश्चिमको प्रमुख पर्यटकी गन्तव्य खप्तड घुम्नका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिले खप्तड र बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को व्यवस्था गरेको छ । दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति रु. १२ हजार तथा बडिमालिका पुग्न रु. ३० हजार लाग्ने भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका र मनोरञ्जनका लागि यो उपयुक्त समय हो ।
.gif)