बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

बाजुरामा स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो


पश्चिम प्रेस
सोमबार, जेठ १ २०८०
  • 748
    Shares

  • images
    images
    बाजुरामा स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो
    images
    images

    बाजुरा । पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।

    पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले कतै बजार नपाएर किसान गाईगोरुलाई खुवाउन बाध्य हुन्थे ।

    पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि त्यसले कतै बजार नपाउँदा स्याउ खेतीप्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चासो दिएका छन् । अहिले कृषि ज्ञान केन्द्र बाजुराले बैगचामा पुगेर स्याउ विक्रीका लागि समेत अनुदान दिन थालेपछि किसानलाई स्याउ खेतीप्रति आकर्षित भएको स्थानीय कृषकको भनाइ छ ।  

    अहिले स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेको छ । बाँझो जमिन सदुपयोग गर्नेगरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दैआएका हुन् । ज्ञान केन्द्र बाजुराले यतिबेला बारीबाट नै स्याउ उठाउन थालेपछि अहिले स्याउ खेतीमा आकर्षण बढ्दैगएको बाजुराका स्याउ किसानको भनाइ छ । पहिला बाजुराको स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुनेगरेको थियो । 

    अहिले हिमाली गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा १७० हेक्टर जमिनमा अहिले स्याउ खेती हुन्छ । गत वर्ष बाजुरामा १ हजार २० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताए ।

    पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ । विगत केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदैआएको सूचना अधिकारी जैशीले बताए ।


  • सम्बन्धित विषय:

  • # स्याउ खेती
  • प्रतिक्रिया दिनुहोस
    images