मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दशै नजिकिए संगै गाउँ फर्किन थाले परदेशी


पश्चिम प्रेस
शनिबार, असोज १६ २०७८
  • 686
    Shares

  • images
    images
    दशै नजिकिए संगै गाउँ फर्किन थाले परदेशी

    महेन्द्रनगर 
    दशैतिहार आईसक्यो,झल्को लाईसक्यो
    ऐ परदेशी आउ है गाउँमा........
    गायीका विष्णु माझीको यो गीत अहिले चर्चामा छ । गीतमा भनिएझै दशैतिहार नजिकिए संगै रोजगारीका लागि परदेशीहरु गाउँ फर्किन थालेका छन । 
    दशैतिहार मनाउनका लागि घर फर्किनेहरुको सिमानाकामा घुईचो लागेको छ । कोरोना महामारीको त्रासकै बिच दशै मनाउन परदेशिएका नेपालीहरु गाउँ फर्किन थालेका छन । दैनिक सयौको संख्यामा नेपाल प्रवेश गरिरहेका उनीहरुको नाकामै स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको छ । कोरोनाका कारण बन्द भएका भारतसंग जोडिएका सिमानाकामा पुनः चहलपहल बढेको छ । 
    कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक ४÷५ सय परदेशी गाउँ फर्किरहेका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो एक सातामा ८ हजार ४सय ९१ जना नेपाली स्वदेश फर्केका छन । भने केही बाध्यताले दशैको मुख्खैमा परदेशीन लागेका छन । प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो एक सातामा गड्डाचौकी र गौरीपलन्टा नाकाबाट ५ हजार १४२ जना रोजगारीका लागि भारत पसेका छन । 
    भारतबाट घर फर्किदैं गरेका नेपालीलाई सहजताका लागि गौरीफन्टा र गड्डाचौकी नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले दशैँ, तिहारलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ । 


    प्रतिक्रिया दिनुहोस