महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको टुंगो लगाउन सकेको छैन ।
अहिले नगरपालिकाले राजमार्ग छेउमै नगरभीत्रको फोहोर बिर्सजन गर्ने गरेको छ । नगरपालिकाले लामो समयदेखी एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निमार्णका लागि जग्गा खोजिरहेको भएपनि टुंगो लगाउन नसकेको हो ।
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निमार्णका लागि सहजीकरण समिति संयोजक पत्रकार खेम भण्डारीले हालसम्म नगरपालिकाले एकिकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरले जग्गा खोज्नमै १९ करोड खर्च गरेको आरोप लगाएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा नगरपालिकाले राजमार्ग छेउमा बिर्सजन गरेको फोहोरको भिडिओ राख्दै लेखेका छन –“ फोहरमैला प्रशोधन गर्ने हाम्रो तरिका ,१९ करोड ५० लाख रुपैयाँ खर्च भैसकेको छ जग्गा खोज्न मात्रै तर हालत यस्तो छ !”
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निमार्णका लागि वडा–७ र ८को चुरे क्षेत्रमा बनाउने भनेपनि स्थानीयको अवरोधका कारण सफल हुन सकेन । स्थाानीयले विरोध गरेपछि उपयुक्त स्थान भकाले नगरपालिकाले सहजिकणका लागि पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति गठन गरेको थियो ।
भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरिसंह धामीले नगरपालिकाले वडा –१९ मा १४ विघाहा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको भएपनि बजेट अभावका कारण जग्गा खरिद गर्न नसकिएको बताए । “हामीलाई १२ देखी ५ करोड बजेट आवश्यक छ तर नगरपालिका संग ३ करोड ४० लाख मात्रै बजेट छ ।” उनले भने–“शहरी विकास मन्त्रालयसंग बजेट माग गरिएको छ ।” शहरी विकास मन्त्रालयले ८ करोड दिए पछि मात्रै एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निमार्णको काम अघि बढ्ने बताए ।
.gif)