महेन्द्रनगर । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोगले सत्ता गठबन्धनलाई नै हानी गर्र्ने भविष्यवाणी गरेका छन् ।
“प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको योग बर्तमान समयमा निर्माण भएको छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गो भनेर माघ १८ गते नै जानकारी गराई सकेको थिए ।” रिजालले फेसबुकमा लेखेका छन –“महाअभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्नसकन्ने योग निर्माण भएको छ । जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ ।” रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी हुन् ।
.gif)