मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

रोकिएका पर्यटकले पाए रामारोशन जान अनुमति


पश्चिम प्रेस
बिहीबार , असोज ४ २०८०
  • 1.1K
    Shares

  • images
    images
    रोकिएका पर्यटकले पाए रामारोशन जान अनुमति

    अछाम । रामारोशन घुम्न आउँदा स्थानीय प्रशासनद्वारा बाटैमा रोकिएका विभिन्न देशका पर्यटकलाई गृह मन्त्रालयले सर्तसहितको अनुमति दिएको छ ।

    २५ भन्दा बढी मुलुकका पर्यटक कम्तीमा एक महिना बस्ने उद्देश्यले गत साता नै अछामको सीमामा पुगेका पर्यटकलाई बुधवार गृहमन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई नरोक्न निर्देशन दिएको हो । लामो समय रामारोशन क्षेत्रमा धेरै संख्यामा बस्ने भएपछि सरकारका विभिन्न तहबाट अनुमति ल्याएर आए मात्रै उनीहरुको उद्देश्यअनुसार छाड्न सकिने भन्दै स्थानीय प्रशासनले बाटैमा रोकेको थियो ।

    अछामको पूर्वी सीमा बेलखेत, पश्चिम चौखुट्टे र जयगढ बजारमा पुगेका २ सय ५० जना विदेशीलाई बुधबार पर्यटकीय क्षेत्र रामारोशनमा जाने अनुमति दिइएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठले बताए । पर्यटकले गैरकानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल पक्राउ गरेर कारबाही गरिने उनले बताए ।

    चौखुट्टे , बेलखेत र जयगढमा रहेका २ सय ५० जना विदेशीमध्ये बुधबार साँझसम्म ५० जना रामारोशनमा गइसकेका छन् । बाँकी २ सय जना पनि जाने क्रममा छन् । 

    प्रहरीका अनुसार अन्य विदेशीहरु पनि रामारोशन जानका लागि आइरहेका छन् । रामारोशन क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रको संख्या थपेर उनीहरुको क्रियाकलापमाथि निगरानी गर्न थालिएको छ ।


  • सम्बन्धित विषय:

  • # रामारोशन जान अनुमति
  • प्रतिक्रिया दिनुहोस