महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड केर्न पाइने शुक्लाफाँटामा पर्यटक बढेका हुन् ।
वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटामा अहिले पुनः सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । कात्तिक महिनाको सुरुदेखि १२ गते सम्म ३५ जीप सफारी गरिएको जसमा ४ सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले जानकारी दिए । भ्रमण गर्नेमा बढी आन्तरिक पयृटक रहेका छन् । ४ सय १४ पर्यटक मध्ये ४ सय १० आन्तरिक र चार विदेशी पर्यटक रहेका छन् ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गे, ३६ वटा पाटे बाघ, १७ भन्दा बढी गैँडा, चार सय ५० प्रजातिभन्दा बढीका चराचुरुङ्गी पाइन्छन् ।
दसैँ र तिहारकोे समयमा आन्तरिक पर्यटकको गन्तव्य बनेको शुक्लाफाँटामा गड्डाचौकी नाका भएर विदेशी पर्यटक पनि भित्रिने गरेका छन् ।
.gif)