सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका उखु किसानले पाएनन अनुदान


पश्चिम प्रेस
बिहीबार , मंसिर १४ २०८०
  • 1.3K
    Shares

  • images
    images
    कञ्चनपुरका उखु किसानले पाएनन अनुदान
    महेन्द्रनगर । कञ्चनपुरका उखु किसानले गत वर्षकै अनुदान पाउन सकेका छैनन ।
    सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगहरूलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ ।
    सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था भएपनि कञ्चनपुरका उखु किसानले गत वर्षको अनुदान पाउन नसकेका हुन ।उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान रकम पाउन बाकिँ रहेको बताए ।
    “कञ्चनपुरका दुई वटा सुगर मिलबाट किसानलले पाउनु पर्नेे ३२ करोड अनुदान रकम सरकारले निकासा गरेको छैन ।” उनले भने–“गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन ।” सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकोमा गत आर्थिक वर्ष बढाएर प्रतिक्विन्टल ७० रुपैयाँ पु¥याइयो थियो ।
    कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर सुगर मिल र बेलौरीमा रहेको महाकाली सुगर मिल अहिले सञ्चालनमा रहेका छन । गत आर्थिक वर्षमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई ३२ करोड रुपैयाँ भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानहरूको छ ।उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठकुरीले सरकारले गत आर्थिक वर्ष उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ निर्धारण गरेको बताए ।
    “सरकारले तोकेको समर्थन मुल्य मध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ४० रुपैयाँका दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँका दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो ।” उनले भने–“जिल्लाबाट पनि ढिलो गरि सिफारिक हुँदा एक वर्ष बित्दा समेत किसानले अनुदान पाउन सकेनन ।” उहाँले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकोल सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसानहरू चिन्तित बनेको बताए ।


  • सम्बन्धित विषय:

  • # उखु किसान
  • प्रतिक्रिया दिनुहोस