शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो


पश्चिम प्रेस
बिहीबार , पुस १२ २०८०
  • 489
    Shares

  • images
    images
    सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो

    काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसै गरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन् । 

    कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक/एक विकेट लिए । अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ । रासस


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कप
  • # महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट
  • प्रतिक्रिया दिनुहोस