काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज (बिहीबार) बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प काठमाडौं उपत्यका स्थानमा पनि महशुस गरिएको छ।
यसअघि गत आइतबार राति १०ः२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो।
.gif)