शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

तुलसिप्रसाद पन्डितुनको बझाङी भाषाका सब्द रे अर्थको भकार


मंगलबार, फागुन १० २०७८
  • 1.4K
    Shares

  • images
    images
    तुलसिप्रसाद पन्डितुनको बझाङी भाषाका सब्द रे अर्थको भकार

    अफुना मनमा लागेकी कुरड़ी अर्खालाई जणुनाकी रे अर्खाकी कुरड़ी आफूले जाण्णकी बोलि चाइन्छी । तसै बोलिले समाज टेकि¥योको हो । समाज भणेइको एकनासी बोलि बोल्या मान्सुनको समुह हो । हमरा सात नं. प्रदेशमाइलै भौत बोलि बोलिनान । तसै बोलि मध्येको एक हो बझाङ्ङि बोलि । विशेष गरिबरे बझाङ जिल्लामाई बोलिन्या यो बोलि आफूमाइ एक स्वतन्त्र बोलि हो । यो बोलि कसैले डोटेली बोलि भणिबरे जाण्णन भण्या कसैले एइखाइ एक छुट्टी बोलि हो भणिबरे लेखेको भणेको पाइन्छ । हुनान नेपालमा बोलिन्या भौत बोलिनको खोजिनीति रे भाषा विज्ञानका आधारमाइ खोज अनुसन्धान नाइ होइरयो । हमरि यिन बोलिनमा लेख्याकामलै भौत कम होइरैछ । यिन बोलिनका वर्ण पहिचान गद्या रे शव्दकोश व्याकरण बनुन्याकाम, इनरो इतिहास खोज्याकाम ऐलसम्म नाइहोइरयो । जि जसो भयालै अच्याल व्याक्तिगत रुपमाई बोलिका रहड़ी चेला अफनाइ खर्चमाइ भयालै थोड़ा थोडा काम गद्दारयान । 


     इसेरी भौत पैलिबठे भाषा साहित्य रे संस्कृतिका पारखी तुलसी पन्डितजी बझाङी बोलिका क्षेत्रमाइ काम गद्दारयान । भौत लामी तपस्यापाछा उनले बझाङमाइ बोलिन्या भाषाको शव्दकोश बनाइबरे मातृभाषाकी भौत ठूली स्या गरिराखिछ । २०२९ सालमाई बझाङ चिलाशैनमाई बुवा हरिनारायण रे इजा कम्पनीदेवीका कोखबठे जन्म्याका उनले एम ए सम्मकी पड़ायी गरिबरे अच्याल सु.प. विश्वविद्यालयमाइ कर्मचारि छन् । जन्त विवाह (२०५७), छाउपड़ी नाटक (२०६१), सेती महाकालीका चाँडपर्व रे लोकसाहित्य (२०६३) गोठालो कविता (२०६४) बझाङी भाषाका शव्द रे अर्थको भकार (२०७५) जसा कृति रे भौत पत्रिकानमा फुटकर रचना प्रकासित होरयान । अन्नी फँको पत्रिकाका प्रकाशक, महाकाली साहित्य सङ्गमका सदस्य, खप्तड समाजका सदस्य समेत रयाका पण्डित भौठौरबठे सम्मानित रे पुरस्कृत भायाका छन् । 


     कसैलाइ सपहै ठूलि सजाय दिन पड्या कोश बनुन लगुनपडन्छ भन्थ्या रे उनले बझाङी भाषामा भौत ठूली तपस्या गरिबरे ८९०० शब्दको शव्दकोश बनाइबरे भाषाका क्षेत्रमाइ भौत बहादुरीको काम गरिराखिछ । जम्मा २०५२ पेजको यो किताबमाइ उनले वर्णनुक्रमका आधारमा शव्द राखिबरे शव्दको वर्ग धेकुनाका साथै बझाङका और ठउरुन बोलिन्या अर्खा नामलै राखिबरे बझाङी भाषामा तनरो अर्थ लेखिराखिछ । असजि शव्दुनको कत्तेइलाई कस्या प्रयोग गरिन्छ भणि उदाहरणलै दिबरे भौत सजि गरि सपैलाई बुझिन्या बनाइराखिछ । तसेरी बझाङी भाषाको थेगो, सर्वनाम, उपसर्ग प्रत्यय, कारक, विभक्तिलै थोडाथोडा लेखिराछि । यो बझाङी बोलिमा भयोको ऐल सम्मको सपहै ठूलो काम हो । एइले एकतिर हमरी भौतारी भाषाको संरक्षण गरिराखिछ भण्या अर्खातिर लोप हन्नारया पुराना शव्द बचुन्या काम गरिराखिछ । तसेरी एइ भाषाको अध्ययन गद्यानकी लेखा भौत ठूलो जङ्ल फाड़ीबरे सजिबाटो बनाइदिराखिछ । 




    प्रतिक्रिया दिनुहोस