महेन्द्रनगर । खेलाडी उत्पादनको उर्वर भूमी मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ । भलिबल,क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कवड्डी, फुटबल र बक्सिङ खेलका खेलाडी उत्पादनको थलोका रुपमा हेरिएको कञ्चनपुर जिल्लामा खेलकूद गतिविधि सुनसानजस्तै बनेको थियो ।
२०६८ सालमा छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका केहि खेल कञ्चनपुरमा खेलाइएको थियो । त्यसपछि भने यहाँ राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुन सकेको थिएन । १२ वर्षपछि महेन्द्रनगर स्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भइरहेको छ । एक दशक लामो समयदेखी प्रतियोगिता नहुँदा यहाँका खेलाडी र खेलप्रमीहरु निराश थिए ।
.gif)