बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

हरान्लारया हमरा खेल


शुक्रबार, फागुन १३ २०७८
  • 1.3K
    Shares

  • images
    images
    हरान्लारया हमरा खेल

    कसैलै समाजमाई अ–अफना काजबार, रितभात बोलि चालि, खेलमाल हुनान् । परम्परागत रुपमाइ चलि अया तन कुरडिन्लाई पछिल्ला पुस्तानले अङाल्ल नसक्या धेकिछ, केइ हराइ गया केइ हरान पसिर्यान् । सुदूर पश्चिमकि समाजमाई भौत जसि पुरानि कुरडि हरान पसि रै छन् । जैमाइको  एक पक्ष खेल लै हो । हम विकसित समाजै कुरडि गद्दाउ उनले अफना पुराना समाजिक पक्षन सुधार गरिवरे ऐतिर बडि रयान, हम पुरना पक्षन छाड्डाइ औरन कि नक्कल गद्दामाइ जोर छौ । व्यक्ति रे समाजका जीवनमाइ खेलको अफनुइ ठूलो महत्व हुन्छ । मध्यकालिन डोटी क्षेत्र माइ अफनि कला, भासा, साहित्य, संस्कृति लगाइतका अफना पक्षनको विकास हुन्जा हमरि यै समाज माइ अफनाइ किसमका खेलनको लै विकास भयो धेकिन्छ । पारम्परिक खेल हराइ बरे अच्याल विदेश बटि है अया आधुनिक खेलनले समाजमाइ पकड बनाउनोइ जान्नाछ । येइ क्षेत्रका परम्परागत खेल इसा थ्या ।
    १) एक खुट्या

    खास गरि गेदामेदा रे किशोर अवस्थाका मान्स खेलन्थ्या । बरावर हुन्या गरि आयताकार जमिन माई १० कोठा बनाइबरे पालोइ पालो ढुङाको गोलाकार ‘अड्डु’ तन कोठान बटिहै एकै खुट्टाले भाइर खितिबरे खेलिन्या एक खुट्या खेल भणिथ्यो ।


    २) ठिणी (डण्डि वियो)

    डण्डि लै रे वियो बनाइ बरे ठिणी खेलिछ । कुणेत भरिको काठको एक ठुणो वियो एक हात कि लट्ठिले उछिटाइ ठ्याक लगाइ बरे ठिणी खेलिछ । पक्ष विपक्ष गरि खेलिन्या यै खेलमाइ झिक ठ्याक लगौन्या रे डण्डिले वियो झिक टड खिति सक्द्या जितन्छ ।


    ३) बागचाल

    वर्गाकार रेखाचित्र माइ कोठा वनाइ खेलिन्या यै खेल माइ २० बकस ४ बाग हुनान, एक पक्ष बाग अर्को पक्ष बकरा खेलन्छ । बागले वकरा खन्या बकरानले बाग गोठिउन्या आधारमाइ हार जित हुन्छे । यो मानसिक÷बौद्धिक खेल हो ।


    ४) कबड्डि 

    कपर्दिया कबड्डि और खेलन है यो थोक्कोइ बा“की रैछ । अच्याललै यो खेलिछ, स्कूलमाइ पडाइ लै हुन्छ ।


    ५) लोड्या 

    यो एक प्रकारको युद्धकलाको खेल हो । यो (१) लोड्या – २ जनानले हात कसिबरे समौन्या अर्को पक्षले तनरो हात छुटौना, हात बद्यानले विपक्षिन लाइ मुडकि ले हाणि नछुटाउन दिन्या खेल हो । हात खोलि सक्या विपक्षि जित्या, न खोलि सक्या लोड्या बाद्या जित्या हुन्छ । (२) कन लोड्या – लोड्या बाद्या एकलोइ हुन्छ । एक हातले अफनुइकान समाउछ अर्खा हातले छुटउन औन्यान हाणन्छ । हात छुटाइ सक्या विपक्षका जित्तान नछुटाइ सक्या लोड्या बाद्या जितन्छ ।


    ६) गिर 

    देवी देउतानका मेला माइ गिर खेल्ल्या चलन थ्यो भौत ठौर छाडि हाल्यो । छालाकि गिर बनाइ दुइ पक्षका विच खुट्टाले गिर अफनि तिर ल्यौन्या या खित्तिठौर पुर्यौन्या जितन्छ । बालबालिका कपडाको गोलाकार नान्नानि गिर वनाइ हातले या खुट्टाले खेलन्थ्या अच्याल फुटवल भलिबल तै कि ठौर प्रचलित छ ।
    ७) लडै÷मल्ल युद्ध

    पाइक/पहलमान एक आपस माइ लडन्थ्या, रङा, बल्ल, चखुडा एक आपसमा लडौथ्या, अच्याल मार्सल आर्ट कुस्तिले तै कि ठौर लि राखिछ ।


    ८) टिपु/सतढुङी

    नेपाली माइ लक्कुढाल भणिन्या टिपु गिर लै रे सात ढुङानले लै खेलिछ । गेदान ले खेल्ल्या यो खेल लै हरान लारैछ ।


    ९) अन्य 

    हिङलो, चुच्चाइ, चिप्लेटि लुकामारी धित्तरि पात्तरि, पुतलि, भैलो, डेउडा, वुडिपोल्या इरकिच्चि मिरकिच्चि, गोट्टा जसा खेल लै प्रचलित भया पाइनान् ।
    शारीरिक मानसिक विकास लै रे मनोरंजन कि लेखालै खेलको महत्व हुन्छ । सङ्ङै सामाजिक भावनाको विकास, सहयोग, अनुसासन कि लेखालै यै को महत्व हुन्छ । हमरि परम्परा माइ गाउ“ ठाउ“ अन्सारका और लै खेल होइ सक्दान, अफना खेलनको संरक्षण लै रे विकास कि ल्या सपैको ध्यान जानु जरुडि छ । अफनि मौलिक पछ्याण, राष्ट्रियता, स्थानियता संरक्षण कि लेखा प्रयास हुनु जरुडि हुन्छ । विदेशका गोल्या खेल अन्तराष्ट्रिय खेल होइरयान हमले अफनाइ खेल बचाउन सकि नाइ रख्या । 




    प्रतिक्रिया दिनुहोस