सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

कञ्चनपुरमा पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु


पश्चिम प्रेस
शनिबार, माघ २७ २०८०
  • 234
    Shares

  • images
    images
    कञ्चनपुरमा पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु
    images
    images
    images
    images

    महेन्द्रनगर । जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजना र शुक्लाफाँटा नगरपालिकाको सहयोगमा महेन्द्रनगरस्थित कबर्डहलमा पालिका स्तरीय तेस्रो शुक्लाफाँटा, कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । 

    शनिबार बिहान भएको उद्घाटन खेलमा बेलडाँडी गाउँपालिकालाइृ ४९ रनले हराउँदै भीमदत्तले विजयी सुरुवात गरेको छ ।
     
    प्रतियोगितामा कञ्चनपुर जिल्लाका ९ पालिका मध्ये ८ वटा पालिकाका टिमको सहभागि रहेको छ। प्रतियोगिता माघ २७ देखि फागुन ५ गते सम्म दुई समुह विभाजन गरि संचालन हुन लागेको आयोजकले बताएका छन् ।

    सहभागी टिम भीमदत्त नगरपालिका ,बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र पुनर्वास नगरपालिका रहेका छन् ।
     
    प्रतियोगिताको समूह  ‘ए’ मा भीमदत्त , शुक्लाफाँटा , कृष्णपुर र बेलडाँडी रहेका छन् । यस्तै समूह ‘बी’ मा दोधारा चाँदनी , वेदकोट , पुनर्वास र बेलौरी रहेको छन् ।  प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख एक हजार र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको कञ्चनपुर क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्दले बताए । 

    images


    प्रतिक्रिया दिनुहोस