सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

पालिका स्तरीय क्रिकेट कप : आजको खेलमा वेदकोट र शुक्लाफाँटा विजयी


पश्चिम प्रेस
आइतबार, माघ २८ २०८०
  • 1.1K
    Shares

  • images
    images
    पालिका स्तरीय क्रिकेट कप : आजको खेलमा वेदकोट र शुक्लाफाँटा विजयी
    images
    images
    images
    images

    महेन्द्रनगर ।  जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आयोजना गरेको पालिका स्तरीय तेस्रो शुक्लाफाँटा, कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वेदकोट र शुक्लाफाँटा विजयी भएका छन् ।

    आइतबार भएको पहिलो खेलमा दोधारा चाँदनीलाई २१ रनले पराजित गर्दै वेदकोटले जित हात पारेको हो । यस्तै प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा बेलाडाँडीलाई शुक्लाफाँटाले १८ रनले हराएको हो ।

    पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको वेदकोटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनाउन सक्यो । वेदकोटका तर्फबाट इश्वर धामी र दिपक बोहराले समान २५ रनको योगदान गरे । बलिङतर्फ दोधारा चाँदनीका विनोद सुनार र महेश विष्टले ४–४ विकेट लिए ।

    images

    जवाफी ब्याटिङमा उत्रेको दोधारा चाँदनीले १८ ओभरमा अलआउट हुँदै ९४ रन मात्रै बनाउन सफल भयो । ब्याटिङमा सजन बिटालुले ३९ रन र प्रकाश थापाले २२ रनको योगदान गरे । बलिङतर्फ वेदकोटका विवेक बोहराले ४ विकेट, लक्ष्मण कठायतले ३ र रोहित खड्काले २ विकेट लिए । खेलमा वेदकोटका विवेक बोहरा म्यान अफ द म्याच घोषित भए । 

    ded0db92-e7ad-43ed-96ec-a433b34b6dda.jpg

    दोस्रो खेलमा बेलडाँडीमाथी शुक्लाफाँटाले १८ रनले जित हात पार्‍यो । शुक्लाफाँटाका बिसाल ऐर विस्फोटक ब्याटिङ गर्दै ७२ बलमा सर्वाधिक ८९ रनको योगदान गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाए । बलिङतर्फ बेलडाँडीका विनय जोशी र टेक खडायतले ४–४ विकेट लिए । 

    जवाफी ब्याटिङमा उत्रेको बेलडाँडीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्न सक्यो । बेलडाँडीतर्फबाट पुकार चन्दले सर्वाधिक ३७ बलमा ३८ रनको योगदान गरे । बलिङतर्फ शुक्लाफाँटाका भरत चन्दले ४ विकेट लिए । उक्त खेलमा शुक्लाफाँटाका बिसाल ऐर म्यान अफ द म्याच घोषित भए । 


  • सम्बन्धित विषय:

  • # पालिका स्तरीय क्रिकेट कप
  • प्रतिक्रिया दिनुहोस