मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाकालदेखी देखी राजनितिक चलखेल


पश्चिम प्रेस
शुक्रबार, फागुन ११ २०८०
  • 1.4K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालय स्थापनाकालदेखी देखी राजनितिक चलखेल

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा राजनितिक चलखेलका कारण विश्वविद्यालय स्थापनाको उदेश्य बमोजिम सञ्चालन हुन सकेको छैन ।  २०७६ सालमा विश्वविद्यालय स्थापना हुँदा शिक्षा मन्त्रालयले १४ सदस्यीय टास्क फोर्स गठन गरेको थियो । उक्त टास्क फोर्सले सुदूरपश्चिमका नौवटै जिल्लामा एक/एक वटा क्याम्पस गरि १५ वटा क्याम्पसलाई गाभेर सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्न सरकारलाई  सिफारिस गरेको थियो । महेन्द्रनगर स्थित रहेको सिद्धनाथ विज्ञान क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसलाई गाभेर विश्वविद्यालयको स्थापना गर्ने  टास्क फोर्सको उदेश्य सफल हुन सकेन । उक्त टास्क फोर्सका सदस्य समेत रहेका सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा.टेकराज पन्तले त्यतिबेला सरकारले सिद्धनाथ विज्ञान क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसलाई गाभेर विश्वविद्यालयको स्थापना गर्ने  ऐन नै बनाए पनि  सिद्धनाथ विज्ञान क्याम्पस विश्वविद्यालयमा आउन नसकेको बताए ।

    बिहिबार प्रश्चिम प्रेसको पश्चिम बोल्छ कार्यक्रममा बोल्दै पन्तले रहस्यमय ढंगले सिद्धनाथ विज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन नमानेको बताए । “नेपाल सरकारले नै निति र ऐन बनाएर सिद्धनाथ विज्ञान क्याम्पसलाई गाभेर सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्ने भनेपनि त्यो सम्भव भएन ।”डा.पन्तले भन्नुभयो–“त्यतिबेला कुन रहस्यात्मक शक्तिले यसलाई रोक्न सक्यो ? त्यहिबाट नै विश्विद्याललय उदेश्य अनुरुप चल्न सकेन ।”


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस