मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मुम्बई र हैदरावादबिचको खेलमा बनेका यी चार रेकर्ड


पश्चिम प्रेस
बिहीबार , चैत १५ २०८०
  • 512
    Shares

  • images
    images
    मुम्बई र हैदरावादबिचको खेलमा बनेका यी चार रेकर्ड

     इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै सर्वाधिक रन बनाएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बुधवार भएको मुम्बई इन्डियन्ससँगको खेलमा हैदरावादले २७७ रन बनाएर इतिहास रचेको हो ।

    पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनायो । विशाल स्कोर बनाउने क्रममा अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।

    मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान गरे। उनले  त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे।

    नमन धिरले ३० रनको योगदान गर्दा इशान किसन ३४ रनमा आउट भए। रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए। मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए।

    जितसँगै पहिलो दुई अंक जोड्दै हैदराबाद पोइन्टस् तेबलमा तस्रो स्थानमा उक्लिएको छ । 

    चार कीर्तिमान

    यस खेलमा आईपीएल एीतहासमै सबैभन्दा उच्च स्कोर बनेको छ। यसअघि रोयल च्यान्लेन्जर्स बैंग्लोरले बनाएको २६३ रनको योगफलको कीर्तिमान तोड्दै हैदरावाले यस खेलमा २७७ रन बनाएको हो ।

    यस्तै आईपीएल खेलमा सबैभन्दा बढी छक्का लगाउने खेल पनि यहि बनेको छ। यस खेलमा ३८ छक्का लागेको छ। यसअघि एक खेलमा बढीमा ३३ छक्कासम्म लागेको थियो।

    त्यसैगरी दुई टोलीबीचको स्कोरको योगफलको रेकर्ड पनि यहि खेलले तोडेको छ। यस खेलमा दुई टोलीबीचको रनको योगफल ५२३ हो। यसअघि सन् २०१० मा भएको आईपीएलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच भएको खेलमा रनको योगफल ४६९ रन थियो।

    त्यसैगरी हैदरावाद र मुम्बईबीचकै खेलमा चार खेलाडीले २५ भन्दा कम बलमा अर्धशतक बनाएका छन्। यो पनि अहिलेसम्म १७ वर्षको आईपीएलको इतिहासमा भएको थिएन।


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस