बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

प्रादेशीक लोक नृत्य प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम


पश्चिम प्रेस
शनिबार, वैशाख ८ २०८१
  • 658
    Shares

  • images
    images
    प्रादेशीक लोक नृत्य प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम

    महेन्द्रनगर ।  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको प्रादेशीक लोक नृत्य प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम भएको छ । शनिवार महेन्द्रनगरमा भएको प्रतियोगितामा छलिया नृत्य प्रथम भएसंगै नगद रु बीस हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरि प्रतियोगितामा कैलालीको कठरिया नृत्यले दोस्रा स्थान प्राप्त गर्दै रु पन्ध्र हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि कञ्चनपुरको रानाथारु नृत्यले तेस्रो स्थानहात पार्दै रु दश हजार नगद र प्रमाणपत्र हात पारेको छ ।  सुदूरपश्चिमका नौ वटै जिल्लाबाट नौवटा नृत्यको सहभागिता रहेको थियो । 


     सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले सुदूरपश्चिमको कला संस्कृति संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले लोक नृत्य प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगितामा यहाँको कला साहित्यमा योगदान पुर्याउने साहित्यकारहरुलाई समेत सम्मान गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष लाल वहादुर धामीले जानकारी दिए । उहाँका अनुसार साहित्यकार विर वहादुर चन्द,जगदीश ओझा मीना पन्त र हरिश जोशीलाई सम्मान गरिएको छ  । त्यसैगरि पत्रकारिताका माध्यमबाट कला क्षेत्रमा योगदान प्ुर्याए वाफत राष्ट्रिय समाचार समिति महेन्द्रनगरका शेरवहादुर सिंह,अभियान दैनिकका सम्पादक लक्ष्मण तिवारीलाई सम्मान गरिएको हो । “यहाँको लोक साहित्यको संरक्षण गर्नका लागि लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।” अध्यक्ष धामीले भने–“श्रष्टाको सम्मान एंव नवप्रतिभालाई प्रोत्साहन गर्न समेत प्रतियोगिताले टेवा पुग्छ ।”


  • सम्बन्धित विषय:

  • # छलिया नृत्य
  • प्रतिक्रिया दिनुहोस