सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुरु भयो इन्द्रजात्रा


पश्चिम प्रेस
आइतबार, भदौ ३० २०८१
  • 682
    Shares

  • images
    images
    सुरु भयो इन्द्रजात्रा

    काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।

    हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा
  • प्रतिक्रिया दिनुहोस