सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

अछामी युवाको कीर्तिपुर बसाई: म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक


पश्चिम प्रेस
आइतबार, मंसिर १६ २०८१
  • 630
    Shares

  • images
    images
    अछामी युवाको कीर्तिपुर बसाई: म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक

    काठमाडौँ । डेरा गरेर भविष्य खोजिरहेका युवाहरूको कथामा आधारित म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा म्युजिकल फिल्म सार्वजनिक भएको हो।

    आर्ट घरद्वारा निर्मित म्युजिकल फिल्मलाई भीष्म जोशीले निर्देशन गरेका हुन्। जोशीको कथामा तयार भिडियाको गीत कवि देव व्रत र जोशीको शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ।

    सङ्गीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन्। उनी आफैँले गीत सार्वजनिक कार्यक्रममा भने, ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठामार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’

    नव(कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ। सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको छ।


  • सम्बन्धित विषय:

  • # कोठा
  • # म्युजिकल फिल्म
  • प्रतिक्रिया दिनुहोस