आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

आईपिएल : चेन्नईले दियो पञ्जाबलाई १ सय ६८ रनको लक्ष्य


पश्चिम प्रेस
आइतबार, वैशाख २३ २०८१
  • 388
    Shares

  • images
    images
    आईपिएल : चेन्नईले दियो पञ्जाबलाई १ सय ६८ रनको लक्ष्य

    इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्ग्सले पञ्जाब किङ्ग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । 

    धर्मशालास्थित क्रिकेट स्टेडियममा टस जितेर बलिङ्ग रोजेको पञ्जाबका बलर राहुल चहर र हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै चेन्नईलाई उक्त स्कोरमा रोकेको हो ।

    चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६७ रन बनाउन सक्यो । चेन्नईका लागि रिबन्द्र जडेजाले सर्वाधिक २६ बलमा ४३ रनको योगदान गरे । यस्तै रुतुराज गायक्वाडल ३२ र ड्यारेल मिचेलले ३० रन बनाए । पुर्व कप्तान धोनी भने सुन्यमा आउट भए । 

    यस्तै बलिङ्गतर्फ राहुल चहर र हर्षल पटेल समान ३–३ विकेट लिए भने अर्शदिप सिंहले २ र स्याम करनले १ विकेट लिए । 

    अबको केही बेरमा चेन्नई सामु ब्याटिङ गर्न पञ्जाब उत्रिनेछ । 


    प्रतिक्रिया दिनुहोस