सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

मालिकार्जुनमा महिलालाई उद्यमी बनाउन हातेहोजियारी तालिम सञ्चालन


पश्चिम प्रेस
बुधबार, फागुन १८ २०७८
  • 1.4K
    Shares

  • images
    images
    मालिकार्जुनमा महिलालाई उद्यमी बनाउन हातेहोजियारी तालिम सञ्चालन

    दार्चुला (डाडाकोट) । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले महिलाहरुलाई   सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यका साथ हाते होजियारी सिप विकास तालिम सञ्चालन गरेको छ ।
    गाउँपालिकाले स्थानीय स्तरमै स्वरोजगारी सिर्जना गर्नका लागि गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम पालिकाका सबै वडामा सञ्चालन गरेको मालिकार्जुन गाउँपालिकाका उद्यम विकास संयोजक जगदीशचन्द्र अवस्थीले बताए । तालिमको शुभारम्भ गर्दै मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले महिलाहरुलाई उद्यमी र आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाका सबै वडामा सीपमुलक तालिम सञ्चालन गरेको बताए । “महिलाले चुलोचौकोमा मात्रै सिमित भएर हुँदनै अब महिलाले पनि आय आर्जनका काममा लाग्नुपर्छ ।” अध्यक्ष धामीले भने–“गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जनाका लागि प्रयत्न गरिरहेको छ ।”
    उनले तालिममा सहभागीहरुलाई सीप सिकेर व्यवहारमा लागु गर्न समेत आग्रह गरे ।

    सीप सिकेर उद्योग स्थापनाका लागि गाउँपालिकाले सहयोग गर्ने उनको भनाई थियो । स्थानीय निर्वाचनपछि गाउँपालिका विकास निमार्णका काममा तदारुकताका सथा लागेको समेत उनले जिकिर गरे । सिकेको सिपलाई व्यवहारमा लागु गरेर आम्दानी गर्न सके मात्रै तालिमको प्रतिफल प्राप्त हुने उनले बताए । मालिकार्जुन –५ का वडा अध्यक्ष तर्कराज ओझाले स्थानीयतह निर्वाचन पछि आफुहरुले स्थानीयको माग बमोजिम कार्यक्रम ल्याएको बताए । उनले सडक र विद्युतसेवा वडाका सबै स्थानमा पुगाउन पाउँदा हर्षित भएको बताए । डेढ महिनासम्म सञ्चालन हुने तालिम २६ जना महिला सहभागी छन । मालिकार्जुन गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत पालिकामा विभिन्न सीप मुलक कार्यक्रहरु सञ्चालन गरिरहेको छ । 


    प्रतिक्रिया दिनुहोस