आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै


पश्चिम प्रेस
मंगलबार, असार २६ २०८१
  • 541
    Shares

  • images
    images
    युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै

    काठमाडौँ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ 

    नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा ेखल सुरु हुने पहिलो भएको हो । स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

    यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ । यस्तै एक खेल भने बराबरीमा सकिएको थियो ।

    फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । सन् १९९६ को युरोकपमा बराबरी भएको थियो ।


  • सम्बन्धित विषय:

  • # युरोकप
  • प्रतिक्रिया दिनुहोस