मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि


पश्चिम प्रेस
बुधबार, कात्तिक २१ २०८१
  • 814
    Shares

  • images
    images
    लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

    काठमाडौँ  ।  सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गरेको हो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अलआउट हुँदा मात्र ११९ रन बनायो ।

    लुम्बिनीका लागि कप्ता आकाश त्रिपाठीले २२ र शिव कुँवरले २० रन बनाए । सुदूरुपश्चिमका लागि हेमान्त धामीले ४ तथा सचिन भट्ट र नरेन साउदले २–२ तथा अशोक धामीले १ विकेट लिए ।

    विराटनगरस्थित गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ३७.३ ओभरमा १३७ रनमा अलआउट भएको हो ।

    पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३७.३ ओभरमा १२७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि अभिषेक थापाले २९ र नरेन भट्टले २७ रन बनाए । नरेन साउदले १५, राजेश एयरले १४ र दिपक रोकायाले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    लुम्बिनीका लागि सन्तोष यादवले ५ विकेट लिए । सन्तोषले १० ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।


    प्रतिक्रिया दिनुहोस