काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो। त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो। यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ। औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ।
.gif)