शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकविश्वासमा शरीरका विभिन्न अङ्गहरु चिलाउँदाको सङ्केत


सोमबार, फागुन २३ २०७८
  • 1.4K
    Shares

  • images
    images
    डोट्याली लोकविश्वासमा शरीरका विभिन्न अङ्गहरु चिलाउँदाको सङ्केत


    कुनैपनि घटना घट्नु भन्दा पहिले हामीलाई कुनै न कुनै रुपमा त्यसको पूर्व सङ्केत मिल्ने गर्दछ । त्यस्ता पूर्व सङ्केतहरुद्वारा मानिसले पछि हुने कुराको अनुमान लगाउने परम्परा हरेक समुदायमा रहेको पाइन्छ । मानव शरीरका अङ्गहरुको प्रतिक्रिया, सपना, तथा विभिन्न पशुपन्छीहरुका आवाज, क्रियाकलाप, व्यवहार आदिका आधारमा भविष्यमा हुन सक्ने घटनाको अनुमान लगाउने पुरानो परम्परालाई लोकविश्वासका रुपमा लिन सकिन्छ  । कुनै पनि लोक समुदायमा विभिन्न किसिमका लोकविश्वासहरु रहेको पाइन्छ । डोट्याली लोक समुदायमा पनि यस्ता थुप्रै लोक विश्वासहरु रहेको पाइन्छ । डोट्याली लोक समुदायमा शरीरका विभिन्न अङ्गहरु चिलाउँदा निम्न किसिमले अथ्र्याउने गरिन्छ ।  
    क) खुट्टाको पैतला चिलाए
    डोट्याली लोक समुदायमा खुट्टाको पैतला चिलाउँदा अघिल्लि हिट, पछिल्लि सिट, बीचमाइकी ललाइबलाई भनेर अथ्र्याइएको पाइन्छ । खुट्टाको पैतलाको अघिल्लो भाग चिलाए यात्रा हुने, पछाडिको भाग चिलाए गाली मिल्ने र बीचको भाग चिलाए ललबल अर्थात के हुने हो भन्न नसकिने 
    ख) हत्केला चिलाए
    हत्केलाको चिलाइबाट पनि मानिसहरुले केकस्तो फल मिल्ने भन्ने अनुमान गर्ने गरिन्छ । डोट्याली लोक समुदायमा दायाँ हातको हत्केला चिलाउँदा कतैबाट पैसा आउँने र बायाँ हत्केलामा चिलाउँदा पैसा खर्च हुने लोकविश्वास रहेको छ । 
    ग) निधार चिलाए
    डोट्याली लोक समुदायमा निधार झुकाएर ढोग गर्ने चलन रहेको छ । कनुै मानिसलाई धेरै दिनपछि भेट्दा ढोग दिने गरिन्छ । विशेष गरी नौ दिनभन्दा पछि भेट भए अननिवार्य ढोग गर्नुपर्ने विश्वास डोट्याली लोक समुदायमा रहेको पाइन्छ । यसकारण निधार चिलाउनुलाई पनि महत्वका साथ हेर्ने गरिन्छ ।  निधार चिलाएका घरमा कुनै मान्यजन आउँने अर्थात ढोग गर्न पाइने लोक विश्वास रहेको पाइन्छ । 
    घ) जिब्रो चिलाए
    विशेष गरी जिब्रो स्वाद तथा खानासँग सम्बन्ध हुने भएकाले जिब्रो चिलाएमा मिठो खान पाइने लोक विश्वास डोट्याली लोक समुदायमा रहेको छ । 
    ङ) आँखा चिलाए
    आँखा हेर्ने वस्तु भएको हुनाले आँखा चिलाए सुन्दर मान्छे, वस्तु तथा प्रकृति देख्न पाइने, हेर्न लायक आकर्षक वस्तु देखिने लोक विश्वास डोट्याली समुदायमा रहेको पाइन्छ ।  




    प्रतिक्रिया दिनुहोस