बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा  २७ हजार किशोरीलाई एचभीपी खोप लगाइने


पश्चिम प्रेस
बुधबार, माघ १६ २०८१
  • 376
    Shares

  • images
    images
    कञ्चनपुरमा  २७ हजार किशोरीलाई एचभीपी खोप लगाइने

    महेन्द्रनगर । कञ्चनपुरमा  २७ हजार ७५५ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचभीपी) लगाइने भएको छ । विद्यालय जाने (कक्षा ६–१० मा अध्ययनरत) २७ हजार ७५५ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।

    माघ २२ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमका लागि ४२६ खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा ३४४ खोप केन्द्र विद्यालय र ८२  खोप केन्द्र स्वास्थ्य संस्थाहरूमा तोकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीले बताए । 

    उनले खोप कार्यक्रमका लागि सबै जिल्लाका ९ वटै पालिकामा ४२६ खोप स्वास्थ्यकर्मी र  ८५२ स्वयंसेवक पठाइने उनले बताए ।


  • सम्बन्धित विषय:

  • # एचभीपी खोप
  • प्रतिक्रिया दिनुहोस