सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा प्राविधिक नहुँदा मेडिकल अनुगमन फितलो


पश्चिम प्रेस
मंगलबार, माघ २२ २०८१
  • 620
    Shares

  • images
    images
    महेन्द्रनगरमा प्राविधिक नहुँदा मेडिकल अनुगमन फितलो

     महेन्द्रनगर । मंगलबार जिल्ला प्रशासन कार्यालय कन्चनपुर सहित विभिन्न कार्यालयका प्रतिनिधि सहितको टोलि उमा मेडिकल हल महेन्द्रनगरमा पस्यो । मेडिकलहरुको अनुगमन भन्दै जिल्ला प्रशासनसहितको टोलि मेडिकलहरुमा पस्दा औषधिहरुको विषयमा भने खास्सै अनुगमन गर्न सकेन । बरु मेडिकलहरुले टेबुल, कुर्सी कसरी व्यवस्थापन गरेको छ भन्ने विषयमा अनुगमनमा खटिएकाहरु केन्द्रित देखिए । 

    जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सरिता देवि पन्थिले उमा मेडिकलका सन्चालकलाई घनश्याम कलौनीलाई बेन्च, टेबुल उचित तरिकाले मिलाएर राख्नु पर्ने सम्झाइन । पन्थिन्ले टेबुल कुर्सी मिलाएर राखे बिरामीहरुलाई आवातजावत गर्न सजिलो हुने बताइन् । 

    जिल्ला प्रशासन कार्यालयले झण्डै एक वर्षपछी मेडिकलहरुको अनुगमन थालेको हो । तर मेडिकलहरुको अनुगमन भने फितलो ढंगले गरिएको पाइएको हो । 

    अनुगमनमा महाकाली प्रादेशिक अस्पताल , स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय , उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधि सहितका प्रतिनिधि रहेको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ । 

    महेन्द्रनगर बजार स्थित सात ओटा मेडिकलहरुमा अनुगमनको कार्य भएको सहायक जिल्ला अधिकारी तथा अनुगमन संयोजक पर्शुराम पोखरेलले जानकारी दिए । 

    उनले अनुगमन लागि स्वास्थ्य सेवा विभागको प्राविधिक सहितको टोलि नहुदा फार्मेसी सहितको टोलिले अनुगमन गरिएको जनाए । 

    अहिले आखाले देख्न सकिने जति औषधिहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । 

    अनुगमनका क्रममा खरिद बिल, दर्ता भए नभएको लगायत कागजपत्र / प्रमाणपत्रहरु हेरिएको अनुगमनमा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधि मिनराज भट्टले बताए ।प्रभावकारी ढंगले अनुगमन गरिनु पर्नेमा उनले जोड दिए ।


    प्रतिक्रिया दिनुहोस