महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ खजुवा टोलका स्थानियले १ विघा जमिन लिजमा लिएर व्यवशायीक रुपमा माछापालन, बगुंर पालन र लोकल कुखुरा पालन व्यवशाय थालेका छन् । स्थानिय ४ जनाको समूहमा उनिहरुले तिन पोखरीमा माछापालन गरिरहेका छन् भने लोकल कुखुरा र बगुंर समेत पालन गरिरहेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को सांसद विकास कोषबाट छुट्याइएको १० लाखमा सिद्धकेदारनाथ माध्यामीक विद्यालयले व्यवशायीक माछापालनका लागी तिन पोखरी निर्माण र घेरबार गरेको थियो ।
सोही पोखरी वार्षिक ३० हजारमा खजुवाका स्थानिय खेम बहादुर बिष्ट, सुभान दत्त जोशी, दिवाकर जोशी र विरबहादुर बिष्टले ५ वर्षका लागी लिजमा लिइ व्यावशायीक रुपमा लागेको जनाएका छन् । शिक्षक समेत रहेका खेमबहादुर बिष्ट स्थानियस्तरमा रोजगारीको सृजना पनी हुने भएकाले आफुहरु व्यवसायीक रुपमा यस क्षेत्रमा लागेको बताउँछन् ।
अन्य तिन जनाले रोजगारी नहुँदा आफ्नै क्षेत्रमा केही गरी गुजारा चलाउन सहज हुने भन्दै माछा पालन, लोकल कुखुरा र बंगुर पालनतर्फ लाग्न तयार देखीपछि गत भाद्र महिना देखी आफुहरुले पथरैया नदि किनारमा कुटिया बनाएर खटिएका उनले जनाए ।
करिब साढे ५ लाखको लगानीमा माछा, बंगुर र लोकल कुखुरा पालन गरिरहेको उनले जनाए । अहिले तिन पोखरीमा माछा, तिन भाले र ६ पोथी गरी नौं बगुंर र लोकल कुखुरा पालिरहेको उनले जनाए । पहिलो पटक भएकाले सोचे अनुरुप आम्दानी नभएपनि अर्काे पटक भने दोब्बर मुनाफा कमाउने लक्ष्य राखीएको उनले जनाए ।
.gif)