बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

बदेलो


शनिबार, फागुन २८ २०७८
  • 1.2K
    Shares

  • images
    images
    बदेलो

    महाराज !
    कार्की सिजरात खनाती
    कार्की विजराज पनाती
    दाँड काटै मुण जुझै
    मुण काटै ढाड जुझै
    ..................................
    कार्कीको डाँण नाइ
    कौनाको माण नाइ
    माच्या हात्तिको जुझार
    महाराजौ !


    खलामाइ धुनी बलि रैछ, मान्स गोलिरयान महाराज सपैका कान ठडाका ठडाइ छन, अँखा भड हल्ल्या हुडक्यातिर तेर्छिरयान, एक सास एक धज होइवरे भडाकि रौनकले मान्सनकि भोक तिस निन भुलिगै, मान्सनका हड् कणा बकुद्दा रयान, एकलाई कलौतकि कलाले मान्सन भुल्याइ राखिछ , इसि जोसकि बेला धर्मदेवलै तसै भीडमाइ छ, उइको शरीर त उत्तेइ मान्सनका विचमाइ छ । उइका मनकि ठौर उत्ते नाइ थि भडाकि जोस सित उइका मनको तार टुट्या जसो भयालै,आफनाइ मनमाइ एक अर्खी जोस उइलाइ लै औन्नाछे , मारि ः दाँत बजाइबरे मुठि कसिबरे आफु आफुइ “सलानको डडा बनाइ पिसि दिउलो ” सुचन्छ, उइका नजिकै सामनिमाइ बस्यो रतन्या कज्जाइ धर्मदेवतिर लै हेरन्छ , धर्मदेव दाँत किड्काइ मुठि पाडिवरे उछिट्टियो छेकि बरे “आज त धर्मदेवले लै खुप मजा लिइ राखिछ,” भणि नजिकैका साथिलाई भणन्छ । साथि खुस्स भणन्छ “है ला ठिक भणेइ”, उन सुच्या हुन सा“च्ची धरमदेव भडा माइ रमिरैछ भणि, उइका मनैनि त कसै कि ल्या आगो फुट्टाथ्यो, मन त खाइ खाउ बुकाइ खाउ भुण्णु होइरैथ्यो, उथ हुड्क्या सगराम कार्कीको वयान पैरथ्यो –


    “कठ्याल बागाझा जुङा पाइको छौनु
    मुख डिठ पड्डुलै कालिका भोरा फट्टाक
    हाल्लुलै एकै हो महाराज”


    धरमदेवले तत्ते थाइ नाइ सक्यो, उठिग्यो, इथउथ हेरन्छ, जडाम्म विचैनि है उठी परथाइ जान्छ, पछाबटा  जाइ कनलाइबि लधरिबरे ठडिन्छ, आफूले आफुइलाई समाल्ल खोजन्छ, रिसले कामन पडि रै छ, सन्तिन्या प्रयास गरन्छ, तत्तेइ लथडकि बरे बसि जान्छ, सपकि डिठ उथै भडातिर छ, उइलाइ कसैलेन धेकि राख्यो ,भौत देर हौइगै कलौत आरामकि ल्या गीदको छेउटो गौनाइ अफना सहयोगीनतिर संङकेत गरन्छ :


    “काति छ उनै कि धागी वुणिछ कमला पाखि 
    मुइ इजु कि सोराइ लागि मुइ माइत जान्दे भागी,”
    रतन्या इथ उथ हेरन्छ, धरमदेव उत्ते नाइ थिन,
    उइले अर्खाथाइ भणन्छ–“अला १ धम्र्या काँग्यो ब”
    है भण्या का“ गै हो “खुप, हेलुवा खाइ राखिथ्यो रे पारे गौन तिर गै हो ।”


    कार्कि सगरामै कि जनि गाउ“का विध्वानलाइ मरोड्डाकि लेखा धरमदेव एक मनले सुचन्छ, नानि रखडि नाइ थिइन, ठालुनका सन्ततिनले गरिकि एक–एक उपाधि उइका अ“खा मुणि रिटिरैछन, एकलो मुल्या मान्स तन जाइ लाग्दुलै तति सजि नाइ थिन, दैत्यन जसा मान्सले गाउँमुणि आफु जसानकि उपर भया जुलुम सपले सई रख्यान भण्यालै मनले, त नाइ माण्णो, यिनै कुरडि खन्ज्या सिन्ज्या त आउनी थिन रे आज त उइको मथिङ्ल रिटाइहाल्यो । भडासडाको क्याको धानु अफनुइ भडा हौइरैछ । सुच्चा सुच्चाइ आङनका कान्सिउनि टोल्लिग्यो धरमदेव, भौत बेर होइग्यो अदारात बुडिगै भडालै सकिनाइ बटिग्यो, मान्स रुकरुकना होइ हेद्दार्यान हुडक्या छुपुर्का खेल्लोइ, उछिट्टोइ पाइक सकरामकि पैकेलि धेकौन्ना छ, पाइक सगराम कालि कुमाउगढ चम्फावत माइ चम्कीग्यो, हुना हुना जसडेउडाले छल गरिबरे कार्की सगराम मारेकि घटनाका वृतात्तले सपै रुना माइ पुज्या, भडा सकिनो सपै अफना अफना घर जनाइ बटि गया, अफना अफना सङ्ङ जन्यानकि खोजि हुन लागि, रतन्याइ केश्वाइ लै धरमदेवै खोजिमाइ लग्या, ऊ त कान्सिउनि टोल्लिरयो पायो, उन सुच्या एइ नीन लागि हो भणि–“एइ उठ घर जन्या नाइ होइ त” घचोल्लाइथ्या क्या कि उठौ, दुइचार जना और लै अया ऊ त विहोस छ, “अला कि भयो ब येइ धै पानि ल्यास त” वुडा बज्याले भण्यो, झट्ट एक गेदाले पानि लेयो बुडा बुबुले पानि हाण्यो, पुइ तै ले अ“खा उगड्या, मान्स अनेक शंका गद्दा पस्या, केश्वाले तनरि कुरडी सुणी सपै थाइ “चुप लागरे अफना घर जा” भण्यो ।


    धरमदेव घर पुर्योनाइ रतन्या लै केश्वा लै गया, वटामुणि धरमदेवलाई तननले “कि भयो हो तोइलाई” भणि सोद्यो संङ्ङै उइलाई केइ असजि भया सक्या जति सहयोग गद्या वचनले दियो, “अला कि भन्छ जि मुइले भोगि रख्याउ तो तमले लै जाण्णुइ छ, तमलै मुयै जसा हो, यिसै टेन्सनले परेसान छौ ।”  धर्मदेवले भण्यो ।


    “हुना त हो यिन शोषकनले गाउ“इ रङोलि राखिछ, वकरा पाल्या तनै खोयाउनु, तनरी रोपाइ हमैले गददु, हुना हुना यिन त आव कुकर्मलै गद्दु पस्या केइन केइ गद्दु पड्यो, रोपो पन्याउन गइ सुन्नरिका कि हाल गर्या मुख्ख्या नातिले तै है लै झिक अत्याचार कि भणला” एकै सासमाइ रतन्याले कुरडि उखेलि,
    “हमरा गडानको निकोनिको घासलै नसोद्याइ काटि लै जान्छिन तनरा घरै पुतारिन, भाडो नाडो गरि वुवाले थन्क्यया चार सय रुप्या दश वर्ष बटिहै पचाइ रख्यान धन विर्याले अफना रुप्या वैङ्क राखि हमरा खाइ दिया” केश्वालेलै अफना मनकि बात पोखी ।


    व्यानल हुनाइ बटिग्याले लै घर परथाइकि खालिमाइ बसिग्या तिनै, अनरामुणि भूत जसो मान्स उन जान पैरयो धेक्यो, को रैछ भणि तिनै जना तै हेद्द पस्या, का“ जान्छ भणि चियाउन पस्या, तो त धनजित्या घरतिर  गयो ।


    “आव बात साप होइ गै” रतन्याले भण्यो, मल्काइ धम्काइ धनजित्या चेलो रात रात फलानिकि मजवुरीको फाइदा लुटन्छ, यो त भयैन, कैयन केइ त गददु पड्यो, यिन सलानसित लडि बरे सकिन्या नाइ, केइन केइ उपायले मजा चखाउनु पड्यो, तिनैले सल्लाग गर्यो, तेसरा दिन रात आ“जी उइको औन्या पालो हात्तै एक थैलो गोला मिसिरी लेइ फलानी वौजीका घर पसिग्यो धनविर्या चेलो सुट्ट दार उगाडि भितर कि गैथ्यो ओखलका ओपिउणाइनि झडि बरे कम्मर भा“चीग्यो । धरमदेवले कसै नधेक्क्या गरी वौजी माइतलाइ राखिथ्यो, भितर रोस्याइनी आगो धुकाइवरे दार तस्साइ एकोर्याइ राखिथ्यो ।  देल्लिलाइ ओखलका ओपिउणाको दार हटाइ दरिले ढोकी राखिथ्यो । उथ ओपिउणा झडिबरे चोट लग्यालै मोहनले वोल्लै नाइ सक्यो । बाग जालिमाइ पड्या सम्जी रतन्याले कला हालि वरे भण्यो “अला काखिका भितर खडाम्म भै कुकुर गयोइ कसो तै साङलो आगलो नाइ लया कि ब ?” धर्मदेवले झट्ट जाइ भितरो साङलो गोठको आगलोलाइ दियो ।


    “आज त निझक्र्या फस्यो ला मोहन्या” केश्वाले भण्यो, रात भरि गोठै काट्यो मोहन्याले भोलका दिन छकलासम्म कसैलेन उगड्या दार, मोहन्याको मजा निकल्यो । दश बज्यातिर गोेठका दार खुस्स उगाडी त दिया रतन्याले भितर तक्योइ नाइ । सप अक्षकक्ष लग्या, मोहन्या भौतवेर सम्म एक कुनाइनि छपानि रयो, एक खुट्टो त अवाउ होइग्यो ता“ मुणि कोइ नभया मौका छोपि धोधो घर पुज्यो, बाह्र बज्यातिर त गाउ“मुणि हल्ला चलिग्यो “मोहन्यात खोलाइनि लोटि बरे भाइरन भितर होइरै छ” धनविर्याले पैसाटका खोजिवरे चेला अस्पताल लैजनाइ तयारी गरि खटोलो वनायो, धरमदेव लगाइता सपैले बोकि बरे अस्पताल पुर्यायो, मोहन्या मरामर होइग्यो खुट्टो ओसाइ लिणको, कण्ण दोडिरैथ्यो ।


    “या“ केहि हुदैन तुरन्त ठुलो अस्पताल लै जानुस खुट्टा र कम्मर ºयाक्चर छ अप्रेसन गर्नुपर्छ” हेल्थपोष्टका हाकिम सापले भण्यो, धनविर्याकि होस उडिगै, उतन्जा फलानि काखिलै पुजि गइन अस्पतालै ‘कि भयो ब गोसी’ । “पारे कुलाका ढा“ण चिफल्यौ” मोहन्याले भण्यो ।


    “ओ ददा तम कि भयो ब चोट एइ लागिरैछ तम झिक विमार” रतन्याले धनविर्या थाइ भण्यो, फालानि बौजिले रिन दियो, धरमदेव रतन्या लगाइता छ जनानले सडकतक खटोलामाइ बोकिबरे मोहन्या पुर्यायो । मोहन्यासित उसैका वुवालै वाज्यूका चेलालै अस्पतालतिर लग्या । पुर्यौन गया घर फर्कि अया । “एक त गयो यिस्स्याइ यिनरा भ“टा सेक्का पड्या हुन”, केश्वाले भण्यो, “यो मोहन्या ओपिउणा लोटिउ भण्या नाइ हो कोइ कसै थाइ केइ जन भण्या”




    प्रतिक्रिया दिनुहोस