एक बामुन जिजमानका घर सराद बनुन झाइर्या भ्या । जिजमान्निनले माज ताइ लाइ रे बट्कु पकुनाइ मसिउटो रोस्याखाइ राखिदियो । एक तम्या तौला खरानि लाइबरे खिर पकुनाकि बासमति चावल लै दुद लइ राख्यो । केलाका पातमाइ एकखोड़ो गुड़को लै राखिदियो । एक बेल्यामाइ सनिउतो घि लै जिम्भुकि भुटाइन, हल्दोखुर्सानि, नुन सप्पै ठिकठाक गरि चुलाइ नजिक राखिदियो । जिजमान पापड़ो सोइद्दु पस्या, पल्यौ बनुनाकि । बामुननुनले हातगोड़ा धोया रे दसहात धोति गादिबरे चुलाइन गया । पकुन चिज सप्पै पकायो रे सराद गद्दाकि तयारि पस्या, वेदी बनाइ, दुनो पातलो सपै रि सराद गर्यो रे बाच्छा ग्वानेक दियो । आब सपै प्रसात लाइबरे खानाकि बटिया । बामुन सरसेक आफ खाना, सरसेक औरुन लै खोयुन पस्या । बामुनुनले भात, खिर, बट्कु धो हन्ज्याँसम्म खायो रे अड़ाम्म डगार गाड्यो । उन्ज्याँ जिजमान बोल्या रे गुरु खिर कसि भै ब, एक्कै पुण्यो और खा भण्यो । बामुन बोल्लान रे उस्याँ त ठिकै छ रे कि खउ हजुर थोक्काइ क्याब भुइसाइनि बास आइरैछ खिरमा भण्यो । उन्ज्या जिजमान्नि जिजमानथाइ बामुनुनले नसुण्या गरि भण्णान अगाइना बामुन भुइसाइनि खिर, धो हन्ज्याँ सम्म खायो रे पुइ भण्यो भुइसाइनि बास ।
.gif)