१. इमान्दार बनीझा नेता, भोलै छ त मर्नू
पापका धनले भुणी ,कभै लै नभर्नू
२. हाम त हौं जनताका मालिक, सुच्च छाडी हाल
जनता हुन हमरा मालिक, भण्णे जाणी हाल
३. जित्या पछा नेता तमी, क्याकि झान्छौ तर्की
कुर्ची दिन्याँ जन्ताइ तिर, हेरी हाल फर्की
४. भलो अरे भलोइ होलो, जाग नेता जाग
गट्टा कामले क्याकि लाउछौ, चरित्रमा दाग
५. दोसरो चुनाउ लै आलो, गैलो अरि सुच
जनता नैथी लाटा आब, ठग्ला जन सुच
६. तनका काला भया पन ,मनका होइ झा सेता
बजेटको सदुपयोग, अरि हाल नेता
७. बुरो अर्या बुरोइ हुन्छ, भलो अरे भलो
राजनीतिलाई जन बनाया ,बसीखाने थलो
८. श्रोत साधन कति(कति ,जान् लागेका खेर,
खोला नदी कति(कति, यै देशका हेर
९. तामो लुवा सिसा कति ,कति अभ्रख खानी,
विजुली निकाल छटाइँ , खय लाऽछ पानी
१०. जड़ी(बुटी कति कति, दवाइको भणार
कम्पनी खोलेर देशै, बदेल अनार
११. छो रोल्पा तिलिचो ताल ,रारा, फेवा, ताल
सगरमाथा अपी सैंपाल, कति छन् हिमाल
१२. पोखरा लुम्बिनी निका , जनकपुर धाम
संस्कृति रे ऐरन्(पैरन् , चलेकै छ नाम
१३. अन्तु डाँणा चिया वारी, सूनका टुकुड़ा
डाँफ्या मुनाल मयुर कति , भेकुड़ा कुकुड़ा
१४. एइ देशका फलफुल हेर, रसिला छन अति
बाग् भालु हात्ती रे गैणा, बार सिङ्या कति
१५. बझाङ्ग् हेर सुर्मा देवी, शैलेश्वरी डोटी
कलाकृति गीत बाजा, भाका कोटी कोटी
१६. बैतडी मेलौली ग्वाल्लेक, उदै देउका धाम
दार्चुलाका तपोबनको , चलेइको छ नाम
१७. डडेल्धुरा उग्रतारा, अमरगढी किल्ला,
डेउड़ा हुना कति निका ,सुन्दर अछाम जिल्ला
१८. बाजुरा बैद्यनाथ ठूला ,कञ्चन शुक्लाफाँटा
कैलालीमी घोड़ाघोड़ी, ताँइ छ सम्म फाँट
१९. स्वर्गद्वारी मुक्तिनाथ, कति निका थात
मनकामना स्वयम्भु छन् , पशुपतिनाथ ।
२०. देउती बज्यै कालिका छन, हलेसीमा देउ छन्
रहस्यले भरियाको, चार्कोसे झाड़ी बन्
२१. दरवार पुराना कति, कति(कति किल्ला
खानाका पर्कन्त भिन्नै, पच्हत्तरै जिल्ला
२२. पर्यटकलाई भितर्याउँन्या ,अरी हाल काम
देशकी उब्यान्त अरी, राखी हाल नाम
२३. तम भया जितारु नेता, जन् पड़ौन लिखा,
स्कुल राजनिति छाड़, मास्टर राख निका ।
२४. हरड़ा बरड़ा कति, ओला छन् खड़्याका
गुर्जेबेलो गनानो रे, कुम्कुम् छन् सड़्याका
२५. चिराइतो पाँच् औल्या कति, कति सर्पगन्धा
ओखदो बनौन्या नेताउँ ,खोल उद्योग धन्दा
२६. भेउल रे अल्लाका लोता, लोता राम्बाँसका
घरेलु उद्योग खोल, निङला बाँसका
२७. धान् घोगा गौं तोड़ो लिखु, फल्न्याँ ठाउँ हो माल
माल छ बस्तीमी बस्ती ,निको छैन चाल
२८. बस्ती जेधा हिमाल् पहाड़, खेती भ्यो मालमा
अन्न किन्नु पय्या थेइन, हाम्रा नेपालमा
२९. बस्ती बय नदिएर, मदेशका फाँट
नियम बनाइ तसा फाँट, खेतीकीलाई छाँट
३०. नानाठुला उत्पादनका ,खोजी हाल बाटा
बैदेशिक ब्युपारको ,असुल्लु छ घाटा
३१. रुख् बँचौन्या नियम बना , माटो नासिन्नाछ
ओड़ाको सुरक्षा अर , ओड़ो मासिन्नाछ
३२. अशिक्षा रे रुढिवादका, पहाडै उदार
गुण्डा(सुण्डा टेप्या सेप्या, सप्पैलाई सुधार
३३. गरीबलाई बाँच्चै गाड़ो, महंगी लै घटा
नौकरी रे नियुक्तिमा ,सोर्सफोर्स हटा
३४. भौतै छन् घर्वार छाड़ी ,पर्देश गयाका
युवाका कण्णका हयी ,पर्देश रयाका
३५. अफ्नाइ देश नौकरीका, बाटा(घाटा खोल
काम अरेर धेकाइदिय, खाली जन बोल
.gif)