डोट्याली लोक समुदायमा विभिन्न किसिमका लोक विश्वासहरु रहेका पाइन्छन् । यस क्षेत्रमा पशुपंक्षीहरुका क्रियाकलापहरुबाट पनि शुभ अशुभ तथा भविश्यमा हुन सक्ने घटनाहरुको सम्भावित अनुमान लगाउने गरिन्छ । यस्तै पशुपंक्षी मध्ये काग पनि एक हो । पूर्वीय वाङ्मयमा कागबोलीको अध्ययन गर्ने परम्परा पनि रहेको पाइन्छ । कागबोलि सम्बन्धी विभिन्न विद्वानहरुले अध्ययन अनुसन्धान गरी विभिन्न पुस्तकहरु समेत प्रकाशन गरेको पाइन्छ । डोटेली लोक समुदायमा पनि कागबोलीलाई विशेष रुपमा हेर्ने गरिन्छ । धेरै विद्वान व्यक्तिलाई कागबोली जान्ने भनेर उपमा पनि दिने गरेको पाइन्छ । डोट्याली लोक समुदायमा कागले पाहुना आउँने संकेत गर्ने लोक विश्वास रहेको छ । बिहानै कागले घरनजिकको कुनै रुमा बसेर लामो स्वरमा का... का.... गरी कराएमा घरमा पाहुना आउने कुनै न कुनै पाहुना आउने अनुमान गरिन्छ । यसरी काग कराउँदा केटाकेटीहरुले आफूलाई प्रिय लाग्ने इष्टमित्र आउँछ कि भनेर सोध्ने प्रचलन रहेको छ । उदाहरणका लागि सरबस कौवा, सरबस, मेरी दिदी औन्छी सरबस भन्ने गरिन्छ । यदि कागले पुनः लामो स्वरमा का... का... गरी दिदीको घर भएतिर उडेर गएमा दिदी आउँने अनुमान गरिन्छ । कागले घर नजिक आइ क्वार क्वार गरी कराएमा कुनै अशुभ हुने सङ्केत भनी बुझ्ने गरिन्छ । डोट्याली लोक समुदायमा विभिन्न विद्वानहरुले कागको कराइबाट भविष्यमा घट्न सक्ने घटनाहरुको अनुमान लगाउने गर्दथे ।
.gif)