बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

डोट्याली किस्सा - पत्त्वाः राङो


शनिबार, चैत १२ २०७८
  • 2.0K
    Shares

  • images
    images
    डोट्याली किस्सा - पत्त्वाः राङो

    हमरा उइबेलाका डोटी राज्यका एक गउँमा पत्त्वा नउँको एक गोरुबाच्छान मायाँ गद्द्या खुबै निको हौसिया मान्सु बसन्थ्यो । मायाँको घुतडो पत्वाका घर न्यारा न्याराइ गोरु, बकरा, भुँइसा, राङा, खसी मारि चिल्ला रे चुर्भुराना मुसाद्दि लाइका मन लोभिउन्या हेरौं हेरौं लाग्द्या हुनाइ रन्थ्या ।


                       मान्सु तति निकि गाजि कस्या भै हो भुणिबरे राल चुयुन्थ्या, हैरान हुन्थ्या । मान्समान्सना जिबडानमाइ आहा ! पत्वाका गोरु, आहा ! पत्त्वाको खसी आदि इत्यादि झुणिरन्थ्या । सौकिन मान्सुन रुबसा खात गोरुबच्छा खरिद लैझनाकि मारि लक्झिट्ट्या होइरन्थि । कोइ मञि लैझानौ कोइ मञि लैझानौ भुणिबरे खैरान्द माचिरन्थि । तसि होडबाजीले पत्वालाई फाइदा त फाइदा होइरैथ्यो रे कभै त कलाकनौटा रे लक्झिट्याले पत्वाको दिमाग लै चक्कराइझान्थ्यो । एकफेराकि कुरणी , पत्वाका घर चिल्लो रे चुर्भुरानु राङो रैछ । पत्वाले सानले पाल्याको राङो । राङाकि चाकरीकि ल्या पत्वाले कभै गुड, कभै नौनिका डल्ला, खलपिना, जाइफल लगायता हडलाग्द्या रे मचौन्या चीजबीज सकिनसकि लै खोयुनाकि कमि गरिनाइ भै । गोरुबाच्छा पाल्लाको सौकिन पत्वा राङा, खसी पाल्लाको झिक सौकिन थ्यो ।समय अन्सार मान्सलाई समस्या पडिझान्छ। बेलाबकतकि कुरणी हो, तसि बेला आइगै विचरा तैलाई लै पैसानकि झिकै समस्या पडिगैछ । पत्वाले एकै बेचि झिक्कु पैसा पाइन्ना भुण्न्या बिचार गरिबरे राङो बेचाउ गरिहाल्यो ।
             समाजमाइ भुइसान है राङा पाल्ल्या चलन कम थ्यो ।राङो पाल्लाकि झिकै चाकरी चाइन्या रे गोठ भाइर बाद्दाकि असजि हुन्या हनाले लै तसो भयो हुनसकन्छ ।समाज समाजकि कुरणि, मान्सुना अफना भक्कल अन्सार केइ देवी देपताना माणौमाइ लैझाइ राङानो बलि दिन्या प्रथा लै समाजमाइ भया हनाले स्या गद्द्यावाला राङा खोज्जाइ रन्थ्या , अच्याल लै तो चलन छनै छ । पत्वाले राङो बेचाउ गर्‍यापछा कोइ स्या गद्दाकि, कोइ पाल्लाकि रे कोइ तसाइ रमोलले राङो हेद्दाकि लै पत्वाका घर औनझान पसिगया । औन्या झान्या राङाको मोल सोद्दाइ रन्या रे आहा ! पत्वाः राङो भुण्नाइ माःरि राङाका पिठिमाइ धाप हाण्नाइ रन्यार्‍यान ।
    मोल ठिक्क भुण्यो भ्या लैझान्याथिउँ,  एक गाहक भणन्छ।
    है भुण्या ब थोक्काइ मिलाइदिया त मुइ लैझान्थिउँ, दोसरो भुणन्छ ।
    इसेरि तेसरो, चौथौ, ...नेउरा खोज्जाइ रन्या । लैझन्या मन नभएका रे हेद्दु आयाका त झिक बहाना बनौन्या , आहा! पत्त्वा राङो भुण्नाइ हातकि ह्याँक मेट्ट्या । मान्सकि बानी भण्नुपण्यो निको माल धेक्या लोभिन्या रे भितरिभितरि मास्रि डाइन्या ईर्श्याले निमोरिन्या । निका रुबस राङाको मोल दिहालन्ना भुणि  पत्त्वाले लै बडाईबरे भुण्यो रैछ पुइ । आहा! पत्त्वाः राङो भुणि पिठीमाइ दन्काइबरे धाप हाण्या  सिलसिला निरन्तर सातआठ दिनसम्म चल्लोइ रयो । कमसेकस सौ डेणसौ जनानले रखडि मेटिहनि हो ।आँखिर परानी त उइको लै भयोइ । हातैले भया लै पिठिमाइ रन्काएकि धापकि सोटले राङो दुबलिनो दुबलिनोइ गयो, नबेचिन्या होइगयो । राङो बेचिनोन केइनकेइ रे गद्दा गद्दा राङाले त नवादिन परान छाडिहाल्यो। पत्त्वाः दिन पत्त्वाइथाँइ । पत्त्वाः राङो भुण्न्या किस्सा रैगयो । उइ बकत बठै निको चिज, गोरबाच्छो रे मान्स  जे लै भ्याबरे समाज रे सामाजिक ईर्श्यालु रे खुट्टा तान्न्या प्रवृत्ति बठेइ बचौनाकि सजक गद्दाइरनान । मान्स भुण्नाइ रनान अलाः पत्त्वाः राङो होलो रे बिचार गर्‍याः हाँ ।




    प्रतिक्रिया दिनुहोस