मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्ने :साफ च्याम्पियनसिप


पश्चिम प्रेस
आइतबार, असोज २४ २०७८
  • 763
    Shares

  • images
    images
    नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्ने :साफ च्याम्पियनसिप

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज  भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ ।
    सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । 
    भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।
    साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।
    भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।  भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा रहने बताउदै भारतविरुद्धको यो खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताए ।
    भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ जसमा नेपालविरुद्ध भारतले १४ खेल जितेको छ र नेपालले २ खेल जित्दा ५ खेल बराबरीमा भएको छ ।


    प्रतिक्रिया दिनुहोस