बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

नेपाली कविता - शान्ति खोज्ने अहंकार 


बुधबार, चैत १६ २०७८
  • 2.5K
    Shares

  • images
    images
    नेपाली कविता - शान्ति खोज्ने अहंकार 

    उहिल्यैका बुद्ध, 
    हो तिनै बुद्ध, शान्तिको खोजिमा 
    अशान्तिको मोह त्याग्दै 
    जङ्गल पसेथे 
    रूखमुनि बुद्धत्व खोज्न 
    देवकोटा त्यहीँ शान्ति 
    रूखमुनि मिल्छ भन्थे 
    उनै  बुद्ध, अहिंसाको वकालत गर्थे 
    राजपाटको मोह त्यागी हिड्थे 
    अहिले पनि बुद्ध बन्न 
    म पनि ललचाएको छु 
    हामी पनि लालायित छौ 
    शान्ति खोज्दै भौतारिएका छौ 
    जङ्गलको शान्ति,  दरवारको शान्ति 
    शान्तिसेनाको शान्ति, यु एनको शान्ति 
    जङ्गलबाट खोजेको शान्ति खै  ?
    दरवारबाट खोजेको शान्ति खै ?
    पुष्कर शाहको शान्ति खै ? 
    टिको लाउन  
    अच्छेता नपाउनेको शान्ति खै ? 
    बुद्ध बन्ने दौडमा खोजेको शान्ति हरायो 
    लुछालुछमा परेको राजनीतिको 
    मारकाट लुटपाट बन्द हडतालमा 
    हराएको शान्ति खै ?
    अहिंसाबाट खोजेको शान्ति पनि के शान्ति 
    म लडि रहेछु 
    हामी भिडिरहेछौ 
    कोही शान्तिका प्रतीक शहीद हुदैछन् 
    हाहाकारमा शान्ति खोज्ने बुद्धहरु हामी 
    सत्ताका लागि शान्ति खोज्ने 
    चुपचाप कुर्सीका  लागि 
    कसैलाई विराजमान हुन दिनु 
    मेरो शान्ति हो ?
    हाम्रो शान्ति हो ?
    बुद्धलाई लल्कार हो कि हाम्रो अहंकार 
    नयाँ वुद्ध बन्ने चित्कार हो कि हुँकार 
    बुद्ध बन्ने होइन बुद्धु बन्ने 
    कथित क्रान्तिको जमर्कोभित्र 
    अशान्तिका भाइरस लागेको 
    खोष्टो विश्वासभित्र 
    भो अब नखोजौँ शान्तिको सुराग 
    होइन, नबालौँ अब त्यो ध्वाँसे  चिराग 
    मनोक्रान्तिमा  सल्केको आगोमा 
    शान्तिको पानि होइन 
    अशान्तिको बारूद भरेर 
    शान्तिको सफना नदेखौँ




    प्रतिक्रिया दिनुहोस