बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

सम्झनामा भजन शिरोमणी भक्तराज आचार्य


पश्चिम प्रेस
सोमबार, फागुन १४ २०८०
  • 732
    Shares

  • images
    images
    सम्झनामा भजन शिरोमणी भक्तराज आचार्य

    काठमाडौँ । भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।

    वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।

    आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । स्वर्गिय आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने तयारी छ ।

    भजन शिरोमणिका उपनामले चिनिने नेपाली गीतसङ्गीत जगतका अनन्त तारा उनको वि.सं. १९९९ साल असोज १६ मा धनकुटामा जम्म भएको थियो ।

    २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । उनको बोलीमा पनि समस्या आएको थियो ।

    उनका एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले प्रभु नाम गाउँ, सब निदाए प्रभु, लौन अब मेरो प्रभु लगायत दजनौं भजन लोकप्रिय छन् । त्यस्तै सयौं गितमा संगित भर्नुका साथै उनका जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएरलगायत सयौं कर्णप्रिय गित आज पनि चर्चित छन् ।

    स्वर्गिय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट ९पहिलो०, वीरेन्द्र९ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मान २०७५ लगायत थुप्रै लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ ।


  • सम्बन्धित विषय:

  • # भजन शिरोमणी
  • प्रतिक्रिया दिनुहोस