सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

अछामी बड्डोलाई पहलमानसिंह स्वार साहित्य पुरस्कार


पश्चिम प्रेस
आइतबार, माघ ७ २०८०
  • 1.4K
    Shares

  • images
    images
    अछामी बड्डोलाई पहलमानसिंह स्वार साहित्य पुरस्कार
    images
    images
    images
    images

    महेन्द्रनगर । सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’लाई आइतबार गृहनगरमा सम्मानित गरिएको छ ।’
    कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले आफ्नो पाँचौ स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा देउडा गायक धामीलाई ‘पहलमान सिंह स्वाँर साहित्य पुरस्कार’ बाट नगद सहित सम्मानित गरिएको हो । धामीलाई कला, संस्कृति प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै नगद रु एघार हजार, प्रमाणपत्र र दोसल्ला बढाएर नगरप्रमुख पदम बोगटीले सम्मान गरेका हुन ।

    कञ्चनपुर लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत रहेका धामीले सुदूरपश्चिमको देउडा र गायक क्षेत्रमा दशकौंदेखि आफ्नो सक्रियता निरन्तर अघि बढाएका छन् ।पछिल्लो समय कलाकारिता मार्फत विभिन्न सचेतनाका अभियानमा समेत सहयोग पु¥याउँदै आएका धामी भीमदत्त नगरपालिका–२ का स्थानीयबासी पनि हुन । २०५५ सालमा सुदूरपश्चिमको अछाम जिल्लाबाट गायन क्षेत्रमा प्रवेश गरेका धामी ‘यो अछामी बड्डो’ बोलको गितबाट चर्चामा आएका थिए ।
    पछिल्ला बर्षहरुमा मेला, महोत्सवहरुमा सांगितिकी प्रस्तुतीमा व्यवस्त रहने गायक धामी सुदूरपश्चिम र कर्णालीका साथै भारत लगायत विभिन्न शहरहरुमा पुगेर स्टेज तताउँदै आएका छन् ।


  • सम्बन्धित विषय:

  • # अछामी बड्डो
  • # पहलमानसिंह स्वार साहित्य पुरस्कार
  • प्रतिक्रिया दिनुहोस