न्याउला चडिय हिउँचुलि लागेका घाम झल्ल धेकियाको
न्याउला चडिय साईका भाग मैले पर्नु कर्म लेखियाको
न्याउला चडिय...
नेपाली सांगितिक क्षेत्रमा सानै उमेरमा जमेकी गायिका इब्सल सन्ज्यालको यो गीत सुदूरपश्चिम र कर्णाली क्षेत्रमा चर्चामा छ । गायनमा मात्रै नभई अभिनयमा पनि त्यत्तिकै दखल राख्ने उहाँ पछिल्लो समय लाईभ दोहोरी गीत गाएर चर्चामा छन । उनको ‘फ्यान फलोइङ’ पनि निकै राम्रो भइसकेको छ ।
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने उनले सुदूरपश्चिमको ठाडि भाका ‘पापी बुढिगंगा’ बाट कला क्षेत्रमा डेब्यु गरेकि हुन । “गायन भन्दा पनि अभिनयमा मेरो रुची थियो एक पटक गाएर हेरौ भन्ने लाग्यो ।” सन्ज्यालले भनिन–“गायनमा लागेपछि राम्रो प्रतिक्रिया आयो स्रोता,दर्शकले रुचाउनुभयो ।” उनको जन्म २०६१ सालमा बाजुरा जिल्लामा भएपनि त्यसपछिको बाल्यकाल कालिकोटको पचालझरना गाउँपालिकामा बित्यो ।
उनका लागि सामाजिक सञ्जाल टिकटक आफ्नो प्रतिभा देखाउने माध्यम बन्यो जसले गर्दा सानै उमेरमा चर्चामा आइन् । यहाँको सास्कृतिक पहिचान सहित देउडा गाएको भिडियोहरु सामाजिक सञ्जाल टिकटकमा राख्न थालेपछि उनी चर्चामा आएको उनको भनाई छ । “सुरुवातमा मैले झल्को लालि ओठको,बाटो खुल्यो मोटर खुल्यो जुम्ला कालिकोटको गीत गाए ।” उनले भनिन–“त्यो गीतले मलाई चर्चामा ल्यायो ।” त्यसपछि गायनमा र अभिनयमा माग हुन थालेको उनले बताइन ।
पछिल्लो समय देउडा र लोक दोहोरी गीत गायन संगसंगै अभिनयमा समेत लागेको उनको भनाई छ । पछिल्लो समय उनी लाईभ दोहोरी कार्यक्रममा युवापुस्ता माझ निकै लोकप्रिय छन । उनँले नेपालका ख्याती प्राप्त लोक दोहोरी गायकहरु संग दोहोरी गीत गाइसकेकी छिन् ।
देउडा र लोक दोहोरी दुबैलाई संगै अगाडी लैजान चाहेको सन्ज्यालले बताइन् । “मैले लाईभ दोहोरी त दुई सय बढी गाइसकेको छु ।” उनले भनिन–“अहिलेसम्म पन्ध्र वटा जति गीत रेकडिङ्ग भइसकेका छन् ।” उनले देउडा गीत मार्फत आफ्नो ठाउँको कला संस्कृति चिनाउने गरि कला क्षेत्रमा लागेको बताइन् । पछिल्लो समय उनँका ऐसुलु,न्याउला चडिय,सुइना,मुटुको टुक्रा,मालु पात र झुपडी लगाउतका गीतमा स्वर तथा अभिनय छ । “सुदूरपश्चिमका दर्जन बढी देउडा गीतमा अभिनय गरिसकेछि छु लाईभ दोहोरीमा दुई सय बढी गीत गाएको छु ।”सन्ज्यालले भनिन् ।
आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो सांगितिक क्षेत्रमा अघि बढिरहेको उनको भनाइ छ । पछिल्लो समय विभिन्न साकस्ृतिक कार्यक्रम र मेला महोत्सवमा समेत माग हुने थालेको उनले बताइन् ।
.gif)