महेन्द्रनगर । आगामी स्थानियतहको निर्वाचनका लागी नेपाली कांग्रेस जिल्ला कार्यसमिती कञ्चनपुरले चैत्र २० गतेदेखी उम्मेदवारहरुको टुंगो लगाउने भएको छ । स्थानिय तह निर्वाचन केन्द्रीय परिचालन समितीको परिपत्र अनुसार चैत्र २० गते जिल्लाका ९२ वटै वडामा वैठक डाक्ने निर्णय गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीले जानकारी दिए । उनले चैत्र २१ गते वडाबाट चुनाव लड्ने उम्मेदवारको नाम गाउँपालिका वा नगरपालिकामा सिफारिस गर्ने निर्देशन गरिएको जानकारी दिए ।
त्यस्तै गाउँपालिका÷नगरपालिकामा निर्वाचनमा उठ्ने उम्मेवादको टुंगो लगाउन चैत्र २२ गते बैठक राखिएको उनले जानकारी दिए । गाउँपालिका÷नगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाई चैत्र २३ गते माथिल्लोतहमा पठाइने उनले जनाए । चैत्र २४ गते प्रदेशसभामा उम्मेवादीका लागी पार्टीमा छलफल चल्ने र २५ गते प्रतिनिधि सभामा निर्णय पेस गर्ने निर्णय कांग्रेसले गरेको छ । त्यस्तै चैत्र २६ गते कांग्रेसले प्रतिनिधी सभाका उम्मेदवारको टुंगो लगाउने छ । २७ गते प्रदेशसभाका उम्मेदवारहरुको नामावली माथील्लो तहमा सिफारि गरिने छ ।
चैत्र २८ गते जिल्लामा बैठक डाकिएको छ । २८ गतेको निर्णयबमोजिम २९ गते नाम सिफारि गरी चैत्र ३० गते प्रदेशको बैठक बस्ने नेपाली कांग्रेशले जनाएको छ । चैत्र ३० गते प्रदेशमा बसेको बैठकको निर्णयलाई आधार दिदै सुदूरपश्चिममा कांग्रेसका उम्मेदवारहरुको नामावली वैशाख १ गते केन्द्रमा सिफारिस गरिने छ । वैशाख १ गते नगरपालिका, गाउँपालिका र वडाबाट निर्वाचन लड्ने उम्मेदवारहरुको नामावली सार्वजनिक गरिने नेपाली कांग्रेसका जिल्ला सभापती बोगटीले जानकारी दिए ।
.gif)