मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा नमुना मतदान


पश्चिम प्रेस
आइतबार, वैशाख १८ २०७९
  • 1.0K
    Shares

  • images
    images
    डडेल्धुरामा नमुना मतदान

    महेन्द्रनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमुना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।

    बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।  ‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन्। के कसरी मतदान गर्नुपर्छ। के कसरी सहभागिता रहन्छरु भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं ।’

    उनले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ । कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ । 


    प्रतिक्रिया दिनुहोस