महेन्द्रनगर । बैतडीको डिलाशैनी गाउँपालिकामा वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राती साउँदमाथी खुकुरी प्रहार गर्ने अजित साउँदलाई नियन्त्रणमा लिइएको हो । समुहमा रहेका अन्यको पनि खोजी भइरहेको प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।
सोमबार राती करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार साउँदमाथी खुकुरी प्रहार भएको थियो ।अराजक समुह सामान्य विवादपछि हिंसामा उत्रिएको थियो ।
आफ्नै घरबाट पल्लो घरजाने क्रममा उनिमाथी मरणासन्न हुनेगरी खुकुरी प्रहार गरी कुटपिट गरेका थिए । घाईते साउँदको धनगढीमा उपचार भइरहेको छ ।
.gif)