शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा स्थानिय तहको निर्वाचन लक्षित नेपाली सेनाको गस्ती


पश्चिम प्रेस
बुधबार, वैशाख २१ २०७९
  • 993
    Shares

  • images
    images
    कैलालीमा स्थानिय तहको निर्वाचन लक्षित नेपाली सेनाको गस्ती

     कैलाली । कैलालीमा नेपाली सेनाले गस्ती सुरु गरेको छ। स्थानीयतहको निर्वाचनलाई लक्षितगर्दै नेपाली सेनाले गस्ती सुरु गरेको हो। जिल्लाको अत्तरियामा रहेको देविदल गणले जिल्लाका सबै स्थानीय तहमा सुरक्षा गतिविधि बढाएको छ। कैलालीका १३ स्थनीयतहमा नै नेपाली सेनाको टोली खटिएको देविदल गणले जनाएको छ। बुधबार धनगढीमा पनि नेपाली सेनाले आफ्नो गस्ती सुरु गरेको छ। राष्ट्र बैंकबाट सुरु गरेको गस्ती धनगढीको मुख्यबजार हुँदै भित्री सडकमा पनि पुगेको थियो। यसका साथै गस्तीमा निस्केको सेनाको टोलीले बुथकेन्द्रको निरीक्षण समेत गरेको छ । 

    धनगढीको वडा नम्बर १ त्रिनगर मावि, वडा नम्बर २ को शारदा मावि, वडा नम्बर ३ को जनता आ.वि, वडा नम्बर ४ को राष्ट्रिय तुलसीराम मा.वि र वडा नम्बर ५ को पञ्चोदय माविमा रहेको बुथ केन्द्रको निरीक्षण गरिएको सेनाले जनाएको छ । धनगढीसँगै जिल्लाका सबै स्थानीय तहमा निर्वाचन लक्षित सुरक्षागतिविधि बढाएको नेपाली सेनाको देवीदल गणले जनाएको छ। जिल्लामा साढे चार सय भन्दा बढी सेना परिचालित भएका छन । जिल्लाको चुनावी सुरक्षालाई मजबुतपार्नकालागि सेनाले जिल्ला भर गस्ती सुरु गरेको छ ।

    1.png
    3.png
    4.png
    5.png
    6.png
    7.png


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस