शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था, नौ वटै पालिकामा अनुगमन गर्दै सुरक्षा समिति


शुक्रबार, वैशाख २३ २०७९
  • 604
    Shares

  • images
    images
    कञ्चनपुरमा निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था, नौ वटै पालिकामा अनुगमन गर्दै सुरक्षा समिति

    महेन्द्रनगर ।   स्थानियतहको निर्वाचनका लागी कञ्चनपुरमा सुरक्षा अधिकारीहरु निर्वाचन केन्द्रका अनुगमनमा निस्कीएका छन् । ३० बैशाखमा हुने स्थानियतहको निर्वाचनका लागी मतदान केन्द्रहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी निर्वाचनको टोली अनुगमनमा निस्कीन थालेका हुन् ।
     कञ्चनपुरका ३ सय ४१ वटै निर्वाचन केन्द्रमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दोधारा(चादँनी नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, पुर्नवास नगरपालिकामा अनुगमन गरिएको छ । बिहिबार बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । सिडीयो पाण्डेले पहिलो पटक सबै पालिकामा अनुगमन सकिएको जनाउदै आवस्यक परेका क्षेत्रमा पुनः अनुगमनको टोली खटिने जानकारी दिए ।

     निर्वाचनलाई भयरहित र सान्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पारिएको सिडीयो पाण्डेले बताए । सबै निर्वाचन केन्द्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको उनले जनाए । निर्वाचनमा गलत कार्य हुन नपाउनका लागी प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीको बिच घेरामा निर्वाचन गरिने उनले जनाए । जसका लागी सबै सुरक्षा अधिकारी निर्वाचन केन्द्रमा खटिसकेका जनाइएको छ । कञ्चनपुरका नौं वटै स्थानियतहका मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक श्याम चौधरीले निर्वाचन केन्द्रीत सुरक्षा मजबुद बनाइएको बताए । जिल्ला सुरक्षा समिति कञ्चनपुरले ६६ मतदान केन्द्र अतिसंवेदनशील , २६ संवेदनशील र  ४० वटा सामान्य रहेको जनाएको छ । भीमदत्तमा २५ अतिसंवेदनशील मतदान केन्द्र, १५ संवेदनशील र ३१ सामान्य गरी जम्मा ७१ मतदान केन्द्र छन् । बेदकोटमा १९ अतिसंवेदनशील ७ संवेदनशील र ११ सामान्य गरी ३७ मतदान केन्द्र छन् । शुक्लाफाँटा नगरपालिकामा १६ अतिसंवेदनशील, ८ संवेदनशील र १४ सामान्य मतदान केन्द्र छन् । कृष्णपुर नगरपालिकामा २६ अतिसंवेदनशील, ११ संवेदनशील र ७ सामान्य गरी ४४ मतदान केन्द्र छन् । दोधारा चाँदनी नगरपालिकामा २० अतिसंवेदनशील, ७ संवेदनशील र ६ सामान्य मतदान केन्द्र छन् । 

      पुर्नवास नगरपालिकामा ३२ अतिसंवेदनशील, ७ संवेदनशील र २ सामान्य मतदान केन्द्र छन् । लालझाँडी गाउँपालिकामा ४ अतिसंवेदनशील , ३ संवेदनशील र २ सामान्य मतदान केन्द्र छन् । यस्तै बेल्डाँडी गाउँपालिकामा ४ अतिसंवेदनशील , १ संवेदनशील र ३ सामान्य मतदान स्थल छन् ।बेलौरी नगरपालिकामा ४२ मतदान केन्द्र तोकिएका छन् । जसमा २८ अतिसंवेदनशील, ९ संवेदनशील र ५ सामान्य रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  नर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक श्याम चौधरीले जानकारी दिए । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको चौधरीले बताए ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन


  • प्रतिक्रिया दिनुहोस