बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै


पश्चिम प्रेस
सोमबार, वैशाख २६ २०७९
  • 760
    Shares

  • images
    images
    छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै

    दाुर्चला । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइदै छ । छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी  सेनाको हेलिकप्टरबाट लगिएको हो ।

    नेपालतिर घोरेटोबाटो नहुँदा छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । हेलिकप्टरमार्फत तिङ्करका लागि प्रहरी पठाइदैछ । तिङ्करबाट प्रहरी गत मङ्सिरमा हिमपातपछि सदरमुकाम खलङ्गा झरेको थियो । तिङ्करका स्थानीयवासी सदरमुकाम खलङ्गाबाट बसाइँ सरेर गाउँ फर्किसकेका छन् । हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गभईरहेको छ ।

    NarendrasinghKarki_Darchula_RSS_26(1).jpg


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस