महेन्द्रनगर । कञ्चनपुरका ९ स्थानियतहमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । जिल्ला न्यायधिस एव्रम् मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीका अनुसार सवा १२ बजे सम्म जिल्लामा करिव ८८ हजार ६ सय जनाले मतदान गरेका छन् । २ लाख ९५ हजार ३ सय ५४ मतदाता रहेका कञ्चनपुरमा ५ घण्टाको अवधीमा उक्त संख्यामा मत खसेको मुख्य निर्वाचन अधिकृत धामीले जनाए ।
यस्तै सुक्लाफाँटा नगरपालिकामा ४ हजार ८६ मत खसेको निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिए । मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको मतदान अधिकृतहरुले बताएका छन् । मतदानका लागि पुरुष, महिला र अपाङ्ग लगायत अशक्तहरुका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएकाले मतदातालाई मतदान गर्न सहज भएको मतदाताहरुको प्रतिक्रया छ।
.gif)