महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा फर्जि मतदाता आएको भन्दै झडप भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्नपाउने भनी फर्जिमतदाता लाई पठाएपछि विवाद भएको हो ।
निर्वाचन अधिकृत किरण जोशीका अनुसार वडा नम्बर १० स्थितविजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । विवाद बढेपछि दिउँसो १२ बजेदेखी मतदान स्थगित गरिएको उनले जनाईन् । केही बेरमा राजनितिक दलको बैठक बस्ने सहमती भएकाले त्यसपछि मात्रै मतदान सुरु हुने जनाइएको छ ।
.gif)